शताब्दी पुरुष जोशी र उनका धर्मपत्नी राधादेवीले मरणोपरान्त शरीर दान गर्ने

कोहलपुर, फागुन १,

शताब्दी पुरुष सत्यमोहन जोशी र उनका धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् ।

हिजो आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिएका हुन् । शताब्दी पुरुष सत्यमोहन जोशी उनका धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरे ।

उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरे । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *