दसौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै

कोहलपुर, फागुन, १,

शनिबार दसौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

रेडियोको महत्व तथा भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घको आव्हानमा सन् २०१२ फेबु्रवरी १३ का दिनबाट प्रत्येक वर्षको फेब्रुवरी १३ मा विश्वभर रेडियो दिवस मनाउन थालिएको हो । विगत वर्षहरूमाझै यस वर्ष पनि समुदायको समेत सहभागितामा रेडियो प्रसारणको महत्व एवं प्रसारकको दायित्वमा केन्द्रीत सरोकारवालाहरूको समेत सहभागितामा विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइदैं छ ।

यो वर्ष‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने मूल नाराका साथ संसारभरि नै विश्व रेडियो दिवस मनाइँदै छ । इभोलुसन ९विकास०, इनोभेसन ९आविस्कार० र कनेक्सन ९सम्पर्क० यो वर्षको विश्व रेडियो दिवसका निम्ति तयार गरिएका सहायक विषयवस्तु रहेका छन् । रेडियो मानव समुदायको निकट एवं सरल र भरपर्दो माध्यमको रूपमा स्थापित छ । विश्वमा प्रविधिले ल्याएको परिवर्तनसँगै रेडियोको विकास र विस्तारमा पनि परिवर्तन भएको छ ।

रेडियो प्रविधिको विकास र आविश्कारले गर्दा विश्व समुदायलाई रेडियोका विषयवस्तुले तीब्र गतिमा जोड्ने काम गरेको छ । प्राकृतिक प्रकोप, सामाजिक आर्थिक समस्या, महामारी जस्तोसुकै परिस्थितिमा पनि रेडियोले संकट न्यूनिकरणमा योगदान दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *