कोस्टारिकामा भएको विमान दुर्घटनामा १२ जनाको मृत्यु

१७ पौष, २०७४
कोस्टारिका : ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा विमान दुर्घटना भएको छ । दुर्घटनामा परी विमानमा सवार सबै १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० जना अमेरिकी पर्यटक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । दुई जना मृतकहरु भने पाइलट र कोपाइलट कोस्टारिकाकै हुन् ।

मृत्यु हुनेमध्ये पाँच जना एकै परिवारका रहेको बताइएको छ । विमान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *