ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट
कोहलपुर, माघ २३,
नेपाल क्रिकट संघ क्यानले मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्याम्पमा विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा अर्जुन कुमाल पहिलो पटक परेका छन् ।
यस्तै रामनरेश गिरी, पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा स्थान बनाएका छन् । नेपाल, अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक सिरिज मार्चमा ओमानमा हुँदैछ ।