हाम्रो विद्यालय घर भन्दा फरक छैन, शिक्षक पनि अभिभावक हुन्–प्रिन्सिपल घर्ती मगर

बिधुत्मा रैका,
कोहलपुर, माघ १२,

बाँकेको कोहलपुरमा रहेको कोहलपुर सिटि एकेडेमीमा प्ले गु्रपदेखि कक्षा ५ सम्म पढाई हुने गरेको छ । प्राथमिक कक्षामा भर्ना हुन उमेर नपुगेका बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले कोहलपुर सिटि एकेडेमीले प्ले ग्रुप (पि.जी) संचालन गरेको हो । प्ले ग्रुप कक्षालाई श्रेणी विहीन कक्षा पनि भन्न सकिन्छ । यस कक्षामा बालबालिकाहरुको शारिरिक, सामाजिक, मानसिक, संवेगात्मक र बौद्धिक विकासका लागि शिक्षकहरुले उनीहरुको रुची अनुसार सिकाउने गरेका छन् । यस विद्यालयल प्ले गु्रपमा पढिरहेका साना बालबालिकाहरुलाई विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा बालबालिकाको सर्वाङ्गीण विकासको लागि सिकाउने गरेको कोहलपुर सिटि एकेडेमीका प्रिन्सिपल चन्द्र मोहन घर्ती मगरले बताएका छन् ।

प्रिन्सिपल घर्ती मगरले बालबालिकाको विद्यालय आउने बानीको विकास गराउने, सामान्य अनुशासनका कुराहरु सिकाउने, बालबालिकालाई विद्यालयका लागि तयार गराउने प्ले ग्रुप (पि.जी) को मुख्य उद्देश्य भएको बताए । उनका अनुसार विषेश गरि यो तहका बालबालिकाहरुलाई मनोरञ्जनात्मक तवरले बाल मनोविज्ञानमा आधारित भई शिक्षण सिकाई गराईन्छ । यो कक्षमामा ढाई वर्षदेखि करिब साढे ३ वर्ष उमेर समुहका बालबालिका राखिएको छ । खेलाईमा उनीहरु बढी आकर्षित हुने तथा खेलप्रति उत्सुक हुने हुँदा शिक्षण सिकाईका क्रियाकलापहरु मनोरञ्जनसँग अनिवार्य जोडिएर सिकाईलाई अगाडी बढाईरहेको प्रिन्सिपल मगरले बताए ।

यस कक्षाबाट बालबालिकाले विद्यालय जानुपर्छ भनेर बुझ्ने, साथी बनाउन सिक्ने, नैतिककता तथा अनुशासन सिक्ने गरेको उनले जानकारी दिए । नेपाली, गणित तथा अंग्रेजी विषयमा केन्द्रित रहेर विभिन्न आकृतिका माध्यमबाट बालबालिकालाई अक्षर चिनाउने गरिएको छ । बिहान १० बजेदेखि उनीहरुको कक्षा सुरु हुन्छ । दिउँसो करिब २ देखि ३ बजेसम्म बालबालिकाहरुलाई प्ले ग्रुपमा राखिन्छ । आफ्नो बच्चालाई लिन अभिभावकसम्म शिक्षकहरुले आफ्नो निगरानीमा राख्ने र अभिभावक आएमा उनीहरुको जिम्मा लगाएर पठाउने गरेका छन् । आफ्नो स्कुलमा बालबालिकाहरुले राम्रो पारिवारिक वातावरण पाएको प्रिन्सिपल मगरले दावी गरे । उनले भने,–‘हाम्रो स्कुलमा पारिवारिक वातारण छ । घर भन्दा फरक होईन, घरकै वातावरण छ । हामी शिक्षक भन्दा पनि अभिभावकको भुमिकामा रहेका छौ । पारिवारिक वातावरणका कारण बालबालिकाहरुले स्कुल आउन रुची राख्ने र समय अवधी नपुगी फर्किने गरेको छैन । हामीले आमा बुवाको जस्तै प्रेम गररे विद्यार्थीलाई सिकाउँछौ । यो नै कोहलपुर सिटि एकेडेमीले मूलभुत सन्देश दिने प्रयास गरिरहेको छ ।’

विद्यालयले बालबालिकाहरुलाई सिकाईको लागि छुट्टै शिक्षकहरुको व्यवस्था गरेको छ । शिक्षहरुलाई मन्टेश्वरी स्तरका बालबालिहरुलाई कसरी सिकाउने भन्नेबारे आधारभुत ज्ञान दिने गरेको प्रिन्सिपल मगरको भनाई छ । उनीहरुका लागि मन्टेश्वरी स्तरको तालिम प्राप्त शिक्षकहरुको व्यवस्था गरिएको छ । ५ वर्ष पुगेपछि मात्रै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको नीति भएपनि ठाउँ, समय, परिवेश अनुसार विद्यालय उमेर समुह फरक फरक भएको पाईन्छ । कोहलपुर सिटि एकेडेमी, आन्तरिक तथा बाह्य देशहरुमा अभ्यास भैरहेका शैक्षिक प्रणालीहरुलाई आफ्नो क्षमता र स्रोत साधनहरुले थेग्ने गरी विभिनन कक्षाहरु संचालन गर्दै आईरहेको छ । उनी भन्छन्,–‘५ वर्ष पुगिसकेपछि मात्रै विद्यालय जादा बालबालिकाहरु हतोत्साहित हुन सक्छन् । त्यसैले चाईल्ड किअर सेन्टर लगायतका विभिन्न बालबालिकासँग सम्बन्धित अवधारणा अनुसार बच्चालाई पठन पाठन तिर आकर्षित गर्ने, प्रोत्साहित गर्ने, शिक्षण सिकाईका क्रियाकलापमा सहभागि गराउने हाम्रो लक्ष्य हो ।’ उनले सिटि एकेडेमी कोहलपुरको प्ले ग्रुप मात्र नभएर अन्य कक्षाको सिक्षण सिकाई तथा प्रशासनिक व्यवस्थापन पनि व्यवस्थित रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको अवस्था बारे बेला बखतमा, शिक्षण सिकाईका क्रियाकलाप, शिक्षाको गुणस्तर, अनुगमन, निरीक्षण तथा मुल्याङ्कन गरिरहन्छ । नर्सरीदेखि ५ कक्षासम्म पढाई भैरहेको उक्त विद्यालयमा बालमैत्री स्थानीय शासनको मापदण्डमा रहेर पठन पाठन गराईन्छ । सौचालय, खानेपानीको धारा लगायतका आवश्यक कुराहरु विद्यार्थीको सहज पुहुँचमा छन् । यस विद्यालयले प्रत्येक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आईरहेको छ । नृत्यु, गायन, प्रश्नोत्तर, सरसफाई जस्ता क्रियाकलाप विद्यालयमा हुने गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई अन्य बौद्धिक ज्ञान समेत प्राप्त हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।

‘हाम्रा विद्यार्थी समाजका सदस्य हुन् । किनकी विद्यालय समाजमा छ । हामीले किताबी ज्ञानका साथै सामाजिक क्षेत्रमा पनि विद्यार्थीहरु सहभागि गराउँदै आईरहेका छौ । जसले हाम्रा विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी जिम्मेवारी गराउँने छ भन्ने हामीले बोध गरेका छौ । कोहलपुर सिटि एकेडेमी, के विश्वास गर्छ भने विद्यालय शिक्षा वा कक्षाकोठाभित्र मात्रै प्रदान गरिने शिक्षाले बच्चाको सामाजिक, मानविय तथा नैतिक चरित्र निर्माण गर्न नसक्ने हुँदा हामीले विद्यालय बाहिर गएर पनि विभिन्न सामाजिक कार्यहरुमा आवद्ध गराएका छौं ।’ प्रिन्सिपल मगरले भने, । उनले थपे,–‘धेरै जसो विद्यालयहरुले गुणस्तरिय शिक्षाको नाममा बाल मनोविज्ञान नबुझेरै परम्परागत हिसाबले किताबी ज्ञानमा मात्रै फोकस गरेको पाईन्छ । तर खासमा त्यसरी सिकाउने होईन । हामीले बालबालिकाको रुची बुझेर सिकाउने प्रयास गर्नुपर्छ ।’ उनले महिनाको पहिलो र अन्तिम शुक्रबार सामाजिक क्षेत्रमा सहभागिता हुने क्रियाकलापहरुमा विद्यार्थीलाई सहभागि गराईरहेको बताए । विद्यालयको सक्रियतामा माघ ९ गते ‘शुक्रबार’ सरसफाई कार्यक्रम गरेको छ । कोहलपुर सिटी एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई गरेका हुन् । आफ्नो विद्यालय वरपर तथा वसपार्क क्षेत्रमा फोहोर बढ्दै गएपछि शिक्षकहरुको सक्रियतामा विद्यार्थीहरुले सरसफाई गरेका हुन् । विद्यार्थीले जनचेतना मुलक प्लेकार्ड सहित फोहार नगर्न अनुरोध गरेका थिए । पछि उनीहरुले नै जनचेतना फैलाउने भन्दै कोहलपुरको बसपार्क क्षेत्रमा भएकोे फोहोर उठाएर सरसफाइ गरे ।

बालबालिकाहरुले सरसफाइ गरेपछि समाजमा रहेका व्यक्तित्वहरुले पनि सरसफाईको लागि अग्रसरता देखाउलान् भन्ने अपेक्षा विद्यालयले लिएको छ । सरसफाईले नयाँ प्रकारको काम गरेको र यसले बालबालिकाहरुलाई किताबी ज्ञानभन्दा व्यवहारिक हुन सिकाउने शिक्षकहरुको भनाई छ । कोहलपुर सिटि एकेडेमीमा हाल शिक्षक महिला तथा पुरुष शिक्षक गरि २० जना शिक्षकहरु कार्यरत छन् । सबै शिक्षकहरु एकअर्काको साथ, सहयोग र सहकार्यले अगाडी बढिरहेका छन् । प्रिन्सिपल मगर भन्छन्,–‘बच्चाको उज्वल भविष्यको लागि कोहलपुर सिटि एकेडेमीले कुनै पनि कसर बाँकी राखेको छैन र राख्ने पनि छैन । बच्चाको भविष्यका लागि हामी सधै तत्पर छौ ।’

तस्बिर : बिजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *