संयुक्त अरब इमिरेट्स (युएई) मा इजरायलको राजदूतावास

कोहलपुर, माघ १२,

इजरायलले संयुक्त अरब इमिरेट्स (युएई) मा राजदूतावास खोलेको छ ।

गत वर्ष अमेरिकाको पहलमा यी दुई मुलुकले कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेका थिए । सोहीअनुसार युएईमा दूतावास खोलिएको इजरायलले जनाएको छ।इजरायलको विदेश मन्त्रालयले अहिलेको दूतावास अस्थायी भएको र स्थायी भवनका लागि ठाउँ खोज्ने काम भइरहेको जनाएको छ। इजरायलका प्रतिष्ठित कूटनीतिज्ञ ऐतान नाहले दुबई मिसनको नेतृत्व सम्हाल्ने छन् ।

गावी आस्केनाजीले गत वर्षदेखि न्यानो हुँदै गएको युएईसँगको सम्बन्धलाई राजदूतावासले थप फराकिलो पार्ने बताए । युएईको मन्त्रिपरिषद्ले पनि आइतबार इजरायलको तेल अभिभमा आफ्नो दूतावास खोल्ने निर्णय गरेको छ।गत सेप्टेम्बरमा औपचारिक सम्बन्ध कायम गरेका यी दुई मुलुक सिधा हवाइ सम्पर्कमा पनि जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *