कोभिड–१९ विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने

कोहलपुर, माघ १२,

नोबेल कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने भएको छ ।

पहिलो चरणमा अग्रभागमा काम गर्नेहरुलाई खोप दिइनेछ । सातै प्रदेशका मुख्यमन्त्रीसँग हिजो भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।

मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे ।
भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप कोभिशिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । मन्त्री त्रिपाठीले खोपमा अविश्वास नगर्न पनि सबैमा आग्रह गरे । यसैबीचनेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो ।

थप २ सय७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ सय३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरू गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *