हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारण सभामा कथाकार ठकुरीलाई सम्मान गरिने

कोहलपुर, माघ ८,

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको चौथो साधारण सभा माघ १० गते शनिबार हुने भएको छ ।

कोहलपुरमा रहेको होटल म्याक्समा बिहान ११ बजेदेखि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको साधारण सभा सुरु हुनेछ । साधारण सभामा कथाकार माया ठकुरीलाई (पूर्णिमा साहित्य) रत्न सम्मान वितरण कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

प्रतिष्ठानले संस्थाका सम्पूर्ण विशिष्ट, आजीवन सदस्य तथा साहित्यानुरागीहरुलाई उपस्थितिका लागि सादर अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *