स्थापना दिवस भव्य रुपमा मनाउने क्रिसा बाँकेको तयारी
बिधुत्मा रैका,
कोहलपुर, माघ ७,
कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसा बाँकेले आफ्नो १३ औं स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको छ ।
क्रिसाले स्थापना दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरु सार्वजनिक समेत गरिसकेको छ । कोरोना भाईरसका विरुद्ध छात्र तर्फ पाँच हजार मिटर दौड र छात्रा तर्फ तीन हजार मिटर म्याराथुन दौड प्रतियोगिता आयोजना क्रिसा बाँकेले जनाएको छ ।
१३ औं क्रिसा स्थापना दिवसका अवसरमा म्याराथुन दौड र १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने पत्रकार भेटघाट मार्फत जनाएको छ । दिवसको अवसरमा माघ १५ गते कोहलपुरमा छात्र तर्फको पाँच हजार मिटर म्याराथुन दौड र छात्रा तर्फ तीन हजार म्याराथुन दौड प्रतियोगिता गर्ने क्रिसाका अध्यक्ष शिव डाँगिले बताए । प्रतियोगितमा क्रिसामा आवद्ध विद्यालयहरुले सहभागिता जनाउने सचिव नबकिरण शाहले बताए । पत्रकार सम्मेलनमा क्रिसा बाँकेका प्रमुख सलाहकार दिनेश सिग्देल र कार्यसमिती सदस्यको उपस्थिती रहेको थियो ।
क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता पनि यहि माघ २४, २५ र २६ गते गर्ने पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ । रनिङ्ग शिल्ड प्रतियोगितामा १८ वर्ष मुनिका छात्र र छात्रा तर्फको भलिबल, १२ वर्ष मुनिका छात्र र छात्रा तर्फको फोर ए साईड फुटबलका खेलहरु समावेश गरिने छ । यस्तै स्थापना दिवसको अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई क्रिसाले पुरस्कृत गर्ने जनाएको छ ।