प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दुई खेल हुँदै

कोहलपुर, माघ ६,

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेलहरु हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अङ्क जोडेको छ । गण्डकी तेस्रो स्थानमा रहेको छ ।कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश–२ बीच प्रतिस्पर्धा हुनेछ ।दुबै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *