नेपालमा कोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने

कोहलपुर, माघ ५,

सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न ‘ड्राई रन’ गर्ने भएको छ ।

ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि पूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ड्राई रन अन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुना खोप लगाउनेछन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *