सबैलाई कर तिरौं भन्ने सुचना दिन गरियो प्रभात फेरी ।

काठमाडौं, १ मंसिर, छैठौं कर दिवसको अवसरमा काठमाडौंमा बृहत प्रभात फेरी गरिएको छ । हाम्रो पौरख हाम्रो कर,राष्ट निर्माणको दिगो भर भन्ने मुन नाराको साथमा प्रभात फेरी गरिएको हो ।  आज बिहान सवा सात बजे विभागको प्राङ्गगढ बाट सुरु भएको प्रभात फेरी राष्टिय सभागृहमा गएर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागले प्रकाशन गरेको कार्यक्रम पुस्तिका लोकार्पण गरिनुका साथै उत्कृष्ट  करदातालाई सम्मान,उत्कृष्ट कर्मचारी पुरस्कृत तथा सम्मान,कविता निबन्ध हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुनेलाई पुरस्कार वितरण,प्रथम हुने प्रतियोगीको कविता वाचन,आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक ज्युलाई सम्मान लगायतका कार्यक्रमहरु गरेको थियो ।

साथै उक्त कार्यक्रममा अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थ राज्यमंत्री उदय समशेर राणा,मुख्य सचिब लोकदर्शन  रेग्मी,अर्थ सचिब संकर प्रसाद अधिकारी, लगायतले मन्तब्य राखेका थिए ।  राजस्व सचिब शिशिरकुमार ढुंगाना को अध्यक्षतामा भएको कार्यक्रममा अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम  नेपाल सरकार, अर्थ मन्त्रालय, राजस्व बिभागको सबैलाई कर तिरौं भन्ने सुचना दिन प्रभात फेरी गरिएको आयोजकले बताएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *