चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको शुल्क निर्धारण

कोहलपुर, पुष २९,

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।

आयोगले हिजो सार्वजनित गरेको सूचना अनुसार एमडी÷एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।यसैगरी एमडी÷एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन÷एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजी÷बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *