स्वास्थ्य समूहका कर्मचारी समायोजन चाँडै गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

कोहलपुर, पुष २९,

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको समस्या चाँडै समाधान हुने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीहृदेश त्रिपाठीले स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनमा केही जटिलता रहेको हुनाले त्यसलाई चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले अन्य क्षेत्रको भन्दा पनि स्वास्थ्य समूहका कर्मचारी समायोजनमा बढी जटिलता देखिएको र अबको केहि समयमै यो समस्या समाधान गर्ने बताए ।

प्राविधिक क्षेत्र रहेको स्वास्थ्य समूहको कर्मचारी समोजनमा रहेका जटिलताको विषयमा संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा समायोजनको प्रक्रिया अगाडी बढाइएको मन्त्री त्रिपाठीले उल्लेख गरे । यस्तै मन्त्री त्रिपाठीले सरकारले लिएको सबै स्थानीयतहमा ५, १० र १५ शय्याको अस्पताल निर्माणको लक्ष्य पूरा गर्नेमाकाम अघि बढाइएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *