खजुराको २ र ३ मा पर्ने सडकमा माटो पटान, ग्राभेल, नाली तथा कल्भर्ट निर्माण

कोहलपुर, पुष २८,

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा सडक निर्माणको कार्य सम्पन्न भएको छ ।

खजुरा धनौली चौकदेखि नेपालगंज गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडकमा माटो पटान, ग्राभेल, नाली तथा कल्भर्ट निर्माणको काम सम्पन्न भएको हो । वि.सं. २०७६ फागुन ८ गतेको सम्झौता अनुसार सडकमा माटो पटान, ग्राभेल, नाली तथा कल्भर्ट निर्माण गरिएको छ । उक्त सडकको उद्घाटन समेत गरिएको छ ।

लागत अनुमान ४ करोड ७९ लाख ९६ हजार १९०.९० रुपैयाँ भएपनि ४ करोड ९ लाख ६२.२६ रुपैयाँमा सडकको काम सम्पन्न गर्ने सम्झौता भएको थियो । हालसम्म ४ करोड ८ लाख ९९ हजार ८१९.३९ रकम भुक्तानी भैसकेको छ । खड्का कृष्ण कन्सट्रक्सन कोहलपुर बाँके मार्फत सडकमा काम भएको हो । सडकको करिब ५.१ किलोमिटरमा काम भएको छ ।

ग्राभेल ५४५८ घनमिटर, माटो पटान १८१६२ घनमिटर, ढुङ्गाको चिनाई २७५.२६ घ.मि.पि.सि.सि./आर.सि.सि. ५०६ घ.मि. तथा सरिया १५०३८ के.जी. लागेको छ । सडकमा ०७७ असार २५ गते कार्य सम्पन्न गर्नुपर्ने भएपनि संसोधित मिति ०७७ पुष २५ गते निर्माण कार्य सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *