लुम्बिनी प्रदेशका मुख्य मन्त्री पोखरेलद्धारा गन्धैला नाला पुल उद्घाटन-फोटो फिचर

कोहलपुर, पुष २८,

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले गन्धैला नाला पुल उद्घाटन गरेका छन् ।

सोमबार एक कार्यक्रमका बिच प्रदेशका मुख्य मन्त्री पोखरेलले पुलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद लगायतको उपस्थिती रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र पर्ने गन्धैला नाला पुरैनी–बेतहनी–होलिया सडकलाई पुलसँग जोडिएको हो । १४ जनवरी २०२० मा पुल निर्माण कार्य सम्पन्न गर्ने गरि १६ जुलाई २०१८ मा पुल निर्माणको लागि सम्झौता गरिएको थियो । पुल निर्माणका लागि १४ करोड ७ लाख ५७ हजार ६०१.४४ लागत रकम अनुमान गरिएकोमा ११ करोड ४ लाख ५४ हजार ६५८.५८ रकम सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जको आयोजना अन्तरगत जयदेवि एसएस ले पुल निर्माणको ठेक्का लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *