‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा)–२०७७’ स्वीकृत

कोहलपुर, पुष २७,

सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा)–२०७७’ स्वीकृत गरेको छ ।

राजपत्रमा प्रकाशन प्रक्रियामा रहेको फिटाले विदेशी लगानी कर्ताहरूको भिसालाई थप सहज बनाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले लगानीकर्ताको आधिकारिक व्यक्ति, लगानीकर्ता वा उसको परिवारलाई न्यूनतम लगानी रहेसम्म आवासीय भिसा दिन सक्ने बताएको थियो । तर, अहिले आएको नियमावलीले भने तोकेरै एकैपटक १० लाख अमेरिकन डलरभन्दा बढी रकम लगानी गर्ने र त्यसमध्ये ५० प्रतिशत रकम नेपालमा हुँदासम्म सम्बन्धीत व्यक्तिलाई आवासीय भिसा दिन सकिने व्यवस्था गरेको हो ।

विदेशी लगानीका लागि अध्ययन र अनुसन्धान वा सर्वेक्षण गर्न आउने विदेशी नागरिकलाई ६ महिनासम्म गैरपर्यटक भिसा दिइने कुरा पनि नियमावलीमा उल्लेख छ।साथै नियमावलीले विदेशी लगानीकर्तालाई सरकारले वर्गीकरण गरेर परिचयपत्र वितरण गर्न सक्नेसमेत व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *