बाँकेमा बिहानदेखि निरन्तर शितलहर चल्दै

कोहलपुर, पुष २७,

बाँके जिल्लामा सोमबार बिहानदेखि निरन्तर शितलहर चलिरहेको छ ।

सोमबार बिहानैदेखि शितलहर चलेका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण मानिसहरुको दैनिकी पनि कष्टकर हुँदै गएको छ । मानिसहरुलाई घर बाहिर निस्किन समेत समस्या भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली भई वर्षा हुन सक्ने अनुमान गरेको छ ।

केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको भन्दै महाशाखाले बिहान प्रदेश १ र प्रदेश २ का केही स्थानमा मौसम आंशिक बदली रहेको बताएको छ । महाशाखाले सूचना जारी गर्दै देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा गिरावट आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *