२ सय ९९ औं पृथ्वी जयन्ती मनाईदै

कोहलपुर, पुष २७,

सोमबार २ सय ९९ औं पृथ्वी जयन्ती अथवा राष्ट्रियएकता दिवस मनाइँदैछ ।

गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै शुभकामना गरिन् । राष्ट्रपति भण्डारीले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *