‘शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो–प्रिन्सिपल गिरी
बिधुत्मा रैका,
कोहलपुर, पुष २७,
गत शुक्रबार कोहलपुरमा रहेको म्याक्स होटलको छतभरी विद्यार्थीहरुको भिडभाड थियो । बिहानीको समय बाँकेको कोहलपुरलाई हुस्सु ओढेको थियो । मनमा उत्साह, अलिअलि डर र एकअर्कालाई जित्छु भन्ने प्रणयका साथ विद्याथीहरु तुसारो र हुस्सुसँग लुकामारी गरिरहेका थिए । पुष महिनाको जाडो जाडोसँग जोरी खोज्ने हैसियत कमैले राख्थे, तर उनीहरुमा जाडोको भन्दा पनि प्रतिष्पर्धामा आफूले जित्नु पर्छ भन्ने मनोद्धोद्ध गरिरहेका थिए । शिक्षकहरु सबै विद्यार्थीहरुलाई सिट लिमाउन मै व्यस्त देखिन्थे । करिब १२ बजेपछि तुसारो र हुस्सुले साथ छोड्दै जादा सुर्यले घामका किरणहरु चिसिएका विद्यार्थीका शरिरमा झर्न थाले ।

संस्थागत विद्यालयको साझा संस्था क्रिसाले उनीहरुलाई एकै ठाउँमा जम्मा हुने सुनौलो अवसर जुराएको थियो । कोरोना महामारी पछि क्रिसाले पहिलो पटक वक्तित्वकला प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको आयोजना गरि उनीहरुलाई एकत्रित पारेको थियो । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका तथा राप्तीसोनारी गाउँपालिकामा संचालित ४० वटा संस्थागत विद्यालयका विद्यार्थीहरु त्यस प्रतियोगितामा सहभागि बनेका थिए ।

प्रतियोगिको लागि सबै तयारी पुरा भएपछि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु चित्रकला बनाउनमा व्यस्त भए भने कक्षा ९ र १० का विद्यार्थीहरु वक्तित्वकला प्रतियोगितामा आफ्नो भनाई राख्नमा व्यस्त भए । उद्घोषकले क्रमिक रुपमा वक्ताको नाम उल्लेख गरे अनुसार विद्यार्थीहरुले पनि क्रमिक रुपमा ‘वर्तमान समयमा कोरोनाले शिक्षा क्षेत्रमा पारेको असर’ सम्बन्धि विषयमा आफ्नो मन्तव्य राख्न थाले । कार्यक्रमको अन्तिममा प्रतियोगिताको नतिजा सार्वजनिक भयो ।
निर्णायक समितिलेको मुल्याङ्कन तथा विद्यार्थीको मेहनत अनुसार चित्रकला प्रतियोगिताको छात्रा तर्फ तक्षशिला एकेडेमीकी मृगाक्षी राउत प्रथम, रामजानकी माविकी अनिभा सेजुवाल द्धितीय र कोहलपुर बागेश्वरी ई.मि. स्कुलकी बिपना देवकोटा तृतीय भएकी छिन् भने छात्र तर्फ शम्शेरगञ्ज ई.मि. स्कुलका निराजन चौधरी प्रथम, जनज्योति पब्लिक स्कुलका निशान विष्ट द्धितीय र कोहलपुर बागेश्वरी ई.मि. स्कुलका अभिषेक रिजाल तृतीय भएका छन् । साथै वक्तृत्वकला प्रतियोगिताको छात्रा तर्फ साईनिंग स्टार माविकी वर्षा पाण्डे प्रथम, तक्षशिला एकेडेमीकी प्रियांका अधिकारी द्धितीय र जनज्योति पब्लिक स्कुलकी लुमा देवकोटा तृतीय भएकी छिन् भने छात्र तर्फ नमुना विद्यासदन माविका सचिन घर्तिमगर प्रथम, दिपज्योती विद्या निकेतनका मौसम जंग शाही द्धितीय जनज्योती पब्लिक विद्यालयका विवेक शाही तृतीय भएका छन् ।

शिक्षकहरुको लगाव र विद्यार्थीहरुको मेहेनतका कारण आफ्नो विद्यालयले ३ वटा स्थान जित्न सफल भएको तक्षशिला एकेडेमीका प्रिन्सिपल बासु गिरीले बताएका छन् । कुनै पनि शैक्षिक गतिविधिको सूचना पाउना साथ आफूले विद्यार्थीहरुलाई पूर्व तयारी गराउने गरेको प्रिन्सिपल गिरीले बताए । आफ्नो विद्यालयमा विद्यार्थीहरुलाई पढाईका साथ साथै अन्य ज्ञानका लागि अतिरिक्त क्रियाकलाप पनि नियमित गराउने गरेको गिरीले बताए । उनले कोरोनाका कारण आफ्ना नियमित क्रियाकलाप गर्न नसकेपनि विगतमा विद्यार्थीहरुको रुची अनुसार दैनिक १ घण्टा अतिरिक्त क्रियाकलाप गराउने गरेको जानकारी दिए ।
विद्यालयमा भएका यस्ता किसिमका क्रियाकलापले विद्यार्थीहरु पढाई प्रति सकारात्मक हुने तथा पढाईमा रुची बढाउने गिरीको भनाई छ । विद्यालयमा हुने यस्ता गतिविधिले अभिभावकहरुको पनि विद्यालय प्रति विश्वास बढ्ने गिरी बताउँछन् । उनले भने,–‘शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । विद्यार्थीलाई केही आउँदैन, शिक्षकले नै सबै सिकाउने हो भन्ने भ्रमबाट हामी मुक्त हुनु पर्छ । विद्यार्थीलाई तर्साएर, डर देखाएर जर्बजस्ती पढ्न बाध्य बनाउँनु हुँदैन । के पढाउने, कसरी पढाउने भन्नेमा केन्द्रित हुन जरुरी छ ।’

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गर्नको लागि क्रिसाले बेलाबेलामा यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको क्रिसाका अध्यक्ष शिव डागीले बताए । कोभिड–१९ को सङ्क्रमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाको बेला क्रिसाले यस्तो कार्यक्रमको आयोजना गर्दा विद्यार्थीमा कोरोनाको त्रास कम हुने र पढाईलाई निरन्तरता दिने अध्यक्ष डागीले बताए ।