पूर्व प्रधानन्यायधीशको वक्तव्यप्रति प्रधानमन्त्रीको आपत्ति

कोहलपुर, पुष २६,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायधीशको वक्तव्य प्रति आपत्ति जनाए ।

आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधक्याउन सचेत गराए । एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छेले यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेको प्रधानमन्त्री ओलीले टिप्पणी गरे । न्यायधिस जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नसुहाउने पनि उनले बताए ।

आफूहरुले कहिल्यै न्यायपालिका विरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको पनि प्रधानमन्त्री ओलीले बताए । हिजो पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *