देशका विभिन्न भूभागमा चिसो बढ्ने : बाँकेमा बाक्लो हुस्सु

कोहलपुर, पुष २६,

मौसम पूर्वानुमान महाशाखाले आईतबार देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने बताएको छ ।

महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आईतबार केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले बिहान मौसम सम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्य तया सफा रहने बताइएको छ । बाँकेमा पनि मौसम बद्ली भएको छ ।

बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । विगत तीन दिनेदेखि कोहलपुर लगायत बाँके जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको हो । बाक्लो हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बिहान चिसो एकदमै बढेको छ भने सितलहर पनि चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *