प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने

कोहलपुर, पुष २६,

लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छन् ।

स्थानीय उत्पादनको वृद्धि गरी त्यसको बजारीकरणका लागि कोशेली घर स्थापना गर्ने मन्त्री पौडेलले बताईन् । पौडेलले स्थानीय उत्पादनमा वृद्धि गरी बजारीकरणका लागि लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गर्ने गरी काम अगाडि बढेको जानकारी दिईन् ।

दाङको घोराही आयोजित एउटा कार्यक्रममा बोल्दै उनले किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको बताईन् । मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा सहकारी बजार सुरु गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढाएको विषयमा जोड दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *