लैङ्गिक समानताका लागि सबैको भूमिका महत्वपूर्ण छ–बाँकेका पत्रकार महिला

कोहलपुर, पुष २५,

घर–परिवार र समाजमा लैङ्गिक समानता अझै पनि हनु नसकेको बाँकेका पत्रकार महिलाहरुले बताएका छन् ।

लैङ्गिक समानताका लागि महिला, पुरुष र अन्य लिङ्गीहरूको भूमिका महत्वपूर्ण हुनुपर्ने पत्रकार महिलाको भनाई थियो । मिडियामा लैंगीक सवाल अन्र्तक्रिया लैंगीक सवालमा संवेदनशील रुपमा कलम चलाउने बाँकेका पत्रकार महिलाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना नेपालगन्ज उपमहानगरपालीकाको समन्वयमा मिडियामा लैंगीक सवाल अन्र्तक्रियाका सहभागी पत्रकार महिलाहरुले यो विषयमा संवेदनशील भएर कलम चलाउने बताएका हुन् । लैङ्गिक समानताका लागि पत्रकार महिलाहरुले नै कलम चलाउनु आवश्यक रहेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताईन् । लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई लोकतान्त्रिक अभ्यासको आधार बनाउने प्रयास भएको पत्रकार महिलाहरुले गर्नुपर्ने उपप्रमुख थापामगरले बताईन् ।

लैङ्गिक समानतामा पूर्ण सफलताका लागि हरेक पत्रकार महिलाहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु आवश्यक रहेको उनको भनाई थियो । लैंगीक हिंसामा परेका पीडितहरुको उपचार, परामर्श, पुनस्र्थापनाका लागि नेपाल सरकारले भेरी अस्पतालमा निःशुल्क रुपमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसि) सन्चालनमा ल्याएको छ । केन्द्रले सेवा दिइरहेको भए पनि कतिपय पीडितहरु यसको पहुँचमा पुग्न सकेका छैनन् । उनीहरुलाई सेवा प्रवाहमा ल्याउनका लागि कार्यक्रम गरिएको उपमेयर उमा थापा मगरले बताइन् । अस्पतालले केन्द्रमा सेवा लिन आएका पीडितहरुको गोपनियता कायम गर्दै सेवा प्रवाह गरीरहेको भेरी अस्पतालका प्रशाशक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले बताइन् ।

केन्द्रले स्थापनादेखि हालसम्म ३ वर्षको अवधीमा ३ सय बढिलाई सेवा दिइसकेको जनाएको छ । केन्द्रले दिइरहेको सेवा, सुविधाका विषयमा केन्द्रका सम्पर्क व्यक्ति शीला शर्माले सहजीकरण गरेकी थिइन् । पछिल्लो समय तेश्रो लिंगीहरु पनि हिंसामा पर्ने क्रम वढेको छ । यौन दुव्र्यवहार, शारीरिक, मानसिक, तथा सामाजिक रुपमा तेश्रो लिंगीहरुले हिंसा खेपिरहेको पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परीना चौधरीले बताइन् । तेश्रो लिंगीको प्रकार, उनीहरुले भोगिरहेका समस्यालगायतका विषयमा चौधरीले कार्यक्रमको सहजीकरण गरेको क्रियाशील पत्रकार समूूह बाँकेका अध्यक्ष अमृता केसीले जानकारी दिइन् । कार्यक्रममा सहभागी पत्रकारहरुले यस विषयमा आफूले उठाएका सवाल, चुनौतीलगायतका विषयमा अनुभव सुनाएका थिए ।

पत्रकार महिलाहरुले आगामी दिनमा लैंगीक हिंसाका विषयलाई उच्च प्राथमिकतामा राखेर कलम चलाउने प्रतिवद्धता जनाएको क्रियाशील पत्रकार समूूह बाँकेका संस्थापक अध्यक्ष अछरी पोखरेलले बताइन् । पत्रकार विमला चौधरीले तेश्रो लिंगीहरुले अस्पतालमा उपचार सेवा लिन जाँदा भोगेका समस्याहरुका विषयमा कलम चलाएको अनुभव सुनाइन् । यो कार्यक्रमले लैंगीक हिंसाका अन्य मुद्दाहरु उठाउन सहज हुने सहभागीहरुको अपेक्षा छ । कार्यक्रममा नेपालगन्ज र कोहलपुरका पत्रकार महिला लगायत २० जनाको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *