सर्वोच्चलाई संविधान संशोधन गर्ने अधिकार छैनः प्रवक्ता श्रेष्ठ

कोहलपुर, पुष २५,

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतलाई संविधानले, संविधान संशोधन गर्ने अधिकार नदिएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकको विशेष समयमा नेता श्रेष्ठले सर्वोच्चले संविधानको आधारमा मात्रै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसल गर्न पाउने बताए । शक्ति पृथकीकरकणको सिद्धान्तअन्तर्गत संविधानले निश्चित जिम्मेवारी संवैधानिक अंगलाई दिएको र संवैधानिक अंगको स्वच्छ तथा स्वतन्त्र भूमिका, काम र कारबाहीप्रति हामी विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *