भारतको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु

कोहलपुर, पुष २५,

भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा। प्रमोद खन्डातेका अनुसार गयराति नवजात शिशु राखिएको वार्डमा आगलागि हुँदा १९ जना शिशुहरुको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रातको समय वार्डबाट धुँवा निस्केको देखेपछि नर्सले प्रशासनलाई जानकारी गराएको र विद्युत सर्टका कारण आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

जिल्ला अस्पतालमा अबेर राति विद्युत सर्ट हुँदा सिक न्यूबर्न केयर यूनिट ९एसएनसीयू० मा आगलागि भएको हो । आगलागिमा परेकामध्ये ७ जना शिशुहरुलाई जिवितै उद्दार गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *