अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउँछ–क्रिसा अध्यक्ष डागी

बिधुत्मा रैका,
कोहलपुर, पुष २५,

बाँकेको कोहलपुरका संस्थागत विद्यालयका विद्यार्थीहरु बिच वक्तित्वकला तथा चित्रकला प्रतियोगता भएको छ ।

संस्थागत विद्यालयको साँझा संगठन क्रिसा बाँकेको आयोजनामा वक्तित्वकला तथा चित्रकला प्रतियोगता गरिएको हो । कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका तथा राप्ती सोनारी गाउँपालिकाका संस्थागत विद्यालयका विद्याथीहरु बिच प्रतियोगिता गरिएको हो ।

वर्तमान समयमा कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको असर तथा सुरक्षित विद्यालय संचालनका विषयमा विद्यार्थीहरु बिच प्रतिष्पर्धा गरिएको थियो । कोरोना भाईरसका कारण क्रिसाका कुनै पनि कार्यक्रमहरु हुन सकेका थिएनन् । अहिले स्वास्थ्यका मापदण्ड अपनाएर कोरोना पछि पहिलो पटक कार्यक्रम गरेको क्रिसाका अध्यक्ष शिव डागीले बताए । कोरोना महामारीका कारण मानसिक असर परेका बालबालिकाहरुका लागि यस्ता किसिमका कार्यक्रमहरुले मानसिक असर कम हुने तथा विद्यार्थीमा सिकाइ उपलब्धि बढाउने क्रिसाका अध्यक्ष डागीले बताए । वक्तित्वकला तथा चित्रकलाको माध्यमबाट पनि विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि हुने डागीले बताए ।

उनले कोरोना कहरका कारण बालबालिको मनमा कोरोनाको त्रास रहेको बताउँदै यस्ता किसिमका कार्यक्रमले उनीहरुमा सकारात्मक परिवर्तन आउने जानकारी दिए । अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको शिक्षकहरुले अनुभव सुनाए । अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थीले विद्यालयको पढाइ समयावधिमा पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको शिक्षकहरु बताउँछन् ।

९ दखि १० सम्मका विद्यार्थीको लागि वक्तित्वकला तथा १ देखि ८ सम्मका विद्यार्थीको लागि चित्रकला प्रतियोगिता कार्यक्रमको आयोजना क्रिसाले गरेको हो । क्रिसामा ३ वटा स्थानीय तहका करिब ४० वटा विद्यालयहरु आवद्ध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *