कोहलपुर क्रिकेट टुर्नामेन्टको फाइनलमा कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स भिड्दै

कोहलपुर, पुष २५,

बाँकेको कोहलपुरमा जारी कोहलपुर क्रिकेट टुर्नामेन्टको फाइनलमा खेल हुँदैछ ।

कोहलपुर क्रिकेट मैदानमा केहीबर पछि फाईनल खेल हुने आयोजकले जनाएको छ । फाईलनमा कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स बिच खेल हुनेछ । शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक कोहलपुर क्रिकेट एकेडेमीसँग बिबि वारियर्स भिड्ने भएको छ ।

यसअघि फाईनल राउण्डकालागि शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो । न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो । कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए । न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो । उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए । कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए । शुक्रबार नै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो । बिबि वारियर्सले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी किर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *