मुलुकभरको मौसम सफा रहने पूर्वानुमान

कोहलपुर, पुष २४,

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ।तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।

‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ।अहिले बिहान प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *