एक बैँकमा खाता खोलेर अर्को बैँकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने

कोहलपुर, पुष २४,

आगामी माघ १ गतेदेखि एक बैँकमा खाता खोलेर अर्को बैँकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।

यसअघि राष्ट्र बैँकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैँकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैँकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैँकहरूलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैँकले भनेको हो । तर शुल्कका लागि नयाँ शर्त राष्ट्र बैँकले तोकेको छ ।

राष्ट्र बैँककाप्रवक्ता डा. गुणाकर भट्टका अनुसार बैँकहरूले महिनाको २ पटकसम्म एक बैँकको एटिएम कार्ड अर्को बैँकमा प्रयोग गर्दा पनि शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *