संसद विघटन विरुद्ध परेका मुद्दाहरुमाथि अर्को साता सुनुुवाई हुने

कोहलपुर, पुष २३,

संसद विघटन विरूद्ध परेका मुद्दाहरू माथिको सुनुवाई अब अर्को साता हुने भएको छ ।

हिजोको संवैधानिक इजलासले अर्को सुनुवाई पुस २९ गते अर्थात् आउँदो बुधबार गर्ने तय गरेको हो । हिजोको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा भएको थियो । तर वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संसद विघटन विरुद्धका रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएका हुन् ।

यस्तै विघटन विरुद्धका रिटहरु संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ । सर्वोच्च अदालतमा रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत वृहत्त पूर्ण इजलासमार्फत् सुनुवाई हुनु पर्ने माग सहित निवेदन पेश गरेका थिए । यद्यपी त्यो निवेदन दर्ता भएन । संवैधानिक इजलास सुरु हुने वित्तिकै कानून व्यवसायीहरुले वृहत्र पूर्ण इजलासको माग गरिसकेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध एक दर्जन रिट निवेदन दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *