कोरोनाका कारण बन्द रहेका विद्यालय खुला गर्ने सरकारको निर्णय

बिधुत्मा रैका, कोहलपुर, पुष २२,

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् ।

कोभिड रोकथाम तथा नियन्त्रण समिति सीसीएमसी निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्लागर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको छ ।

नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । नयाँ प्रकारको कोरोना भाइरस देखिएका मुलुकबाट आउने यात्रुलाइ १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसीनिर्देशक समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *