ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा प्रधानाङ्ग

कोहलपुर, पुष २२,

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकी छन् ।

२५ औं वार्षिक साधारणसभामा प्रधानाङ्ग १७ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष खेमराज पाण्डे र पूर्वमहासचिव प्रधानाङ्गले उम्मेदवारी दिएका थिए । पाण्डेले १० मत प्राप्त गर्नुभएको थियो भने प्रधानाङ्गले २७ मत प्राप्त गरे ।

टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाका अनुसार साधारणसभाले कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा. सागरराज शर्मा र मदनकृष्ण शर्मालाई समेत चयन गरेको छ । बाँकी रहेको पदमा अध्यक्षले मनोनय गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *