शिक्षकको जिल्लान्तर सरुवा रोक्का

कोहलपुर, पुष २२,

शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ ।

केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ । ‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षाविकास तथा समन्वयइकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ ।

केन्द्रको पूर्व अनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउने छन् । ‘शिक्षक सेवा आयोगबाट स्थायी पद पूर्तिको लागि जिल्लागत विवरण समेत प्राप्तभएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लान्तर सरूवा बाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्कागरिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *