कोहलपुरको मुहार फेर्नको लागि ढल निकासको उचित व्यवस्था हुनुपर्छ–कार्यपालिका सदस्य अधिकारी

बिधुत्मा रैका,
कोहलपुर, पुष २२,

बाँकेको कोहलपुर नगरपालिकाका हरेक वडामा स्थानीय सरकार आएदेखि विकास निर्माणका कामहरु क्रमिक रुपमा भैरहेका छन् ।

नगरपालिकाको प्राथमिकता र आवश्यकता बमोजिम नगर क्षेत्रमा विभिन्न विकास निर्माणका कामहरु संचालन भैरहेका छन् । स्थानीय तहमा जननिर्वाचित भएर आईसकेपछि कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा गौरवको योजना भ्यु टावर निर्माण भैरहेको छ । स्थानीय नागरिकको समावेशिता तथा सहभागिता सुनिश्चित गर्दै नगरमा गौरवका योजनाहरु संचालन भैरहेको कोहलपुर नगरपालिका, कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समिति सदस्य कल्पना अधिकारीले बताएकी छन् ।

नगरपालिकामा व्यवस्थिथत बधशाला निर्माण गर्ने तयारी भैरहेको छ । नगरमा लामो दुरीको अत्याधुनिक बसपार्क तथा कर्भडहल निर्माणको लागि डेण्डर भैसकेको उनले बताईन् । नगरपालिकामा स्वास्थ्य क्षेत्रमा पनि सुधार भैरहेको छ । नगरका प्रत्येक वडामा स्वास्थ्य चौकी भवन निर्माण कार्य भैरहेको छ भने करिब ६ वटा भवनहरुको निर्माण कार्य सम्पन्न भैसकेको छ । वडा नम्बर ११ मा रहेको स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल बन्दै छ । स्वास्थ्य चौकीमा सिकलसेलको अस्पताल पनि बन्ने तयारी भैरहेको छ । जसका लागि भवन निर्माण कार्य तिव्र रुपमा भैरहेको छ । नगरक्षेत्रमा रिङ्ग रोडको अवधारणा ल्याएईएको छ । जसका लागि २.५ किलोमिटर ट्रयाक खोलिएको छ । आगामी वर्षमा थप काम हुने अधिकारीले जानकारी दिईन् । गत आर्थिक वर्ष ०७६/०७७ मा नगरभित्र १९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

कोहलपुर क्षेत्रमा ढल निकासको लागि ठुलो समस्याका रुपमा देखा परेको अधिकारीले बताईन् । उनका अनुसार हाल यस नगरपालिका प्रत्येक वडाले आ–आफ्नो वडामा ढल निकासको काम गरिरहेको छ । ढल निकासका लागि आयोडिपी गर्ने योजना बनेको अधिकारीले बताईन् । उनले भनिन्,–‘कोहलपुरमा सबैभन्दा बढी ढल निकासको आवश्यकता छ । वर्खा लाग्यो भने डुबानको चिन्ता बढ्छ । कोहलपुरको मुहार फेर्ने हो भने ढल निकासको उचित व्यवस्था हुनुपर्छ ।’ उनले, अहिले ढल निकासको लागि आवधिक योजनाहरु बनाएर पठाएको र योजना बनिसकेपछि वृहत ढल निकासको योजना सुभारम्भ गर्ने बताईन् ।

कोहलपुर नगरपालिकाको फोहोर व्यवस्थापनका लागि जटायुसँगको सम्झौता गरेको र सम्झौता अनुसार जटायुले काम गरिहेको पनि अधिकारीले बताईन् । दिशाजन्य फोहोर व्यवस्थापनका लागि कार्यपालिका समितिमा छलफल गरि डिपिआर गर्ने निर्णय भएको बताईन् । कोहलपुरमा पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । यस क्षेत्रको पर्यटन विकासले यहाँको आर्थिक अवस्थामा सुधार हुने अधिकारी बताउँछिन् । आन्तरिक तथा वाह्य पर्यटनको अवलोकनका लागि जेष्ठ प्रबुद्ध पार्क बनाउन प्रदेश सरकार र कोहलपुर नगरपालिकाले सहयोग गरेको छ । भने लोकनगरमा थारु संग्रहालय बनाउने काम जारी रहेको छ । गत वर्ष भवन सम्पन्न भएको हो । भवनको संरक्षणका लागि पर्खाल समेत निर्माण गरिएको छ । संग्राहलयका लागि सामाग्री खरिद गर्न व्यवस्था भने भएको छैन । यो आर्थिक वर्षमा संग्राहलयमा राखिने सामाग्री खरिद गर्ने पहल गर्ने अधिकारीले बताईन् ।

कोहलपुर नगरपालिकाका सम्पूर्ण वडामा भएका विकास निर्माणका कामहरुको कार्यपालिका समितिले अनुगमन मूल्याङ्कन तथा निरीक्षण गर्ने गरेको छ । वडामा प्राविधिक सहितको टोली गएर वडामा संचालित कामहरुको अनुगमन गरिन्छ । मापदण्ड अनुसार काम नभएको पाईएको खण्डमा कार्यपालिका समितिले काम रोकेर मापदण्ड पुुराएर काम गर्न निर्देशन दिने गरेको अधिकारीको भनाई छ । उनी भन्छिन्,–‘यदि सकड पिच गर्दा होस् या अन्य काम गर्दा होस् गुणस्तरिय छैन भने हामी पुनः काम गर्न लगाउँछौ । तर यस्ता काममा नागरिकबाट सोचे जस्तो साथ पाईएको छैन । जनश्रमदानबाट निर्माण भएका निर्माण कार्यमा मात्रै अपनत्व गरेको पाईन्छ । अनुदानको बजेटबाट निर्माण भएका कामहरुको खासै वास्ता नगरेको जस्तो महुशुस हुन्छ ।’

नगरपालिकाले सिमान्तकृत समुदायको दिगो व्यवस्थापनका लागि घर बनाएको छ । गत वर्ष १० वटा घर बनाएको थियो । अहिले पनि उनीहरुका लागि घर निर्माण गरिएको छ । बाँके डुडुवा आसपासमा बसेका समुदायका लागि लोकनगरमा २० वटा घर बनाई सकिएको छ भने हस्तान्तरण हुन बाँकी रहेको छ । हाल नगर क्षेत्रका विभिन्न स्थानमा सामुदायिक विद्यालयको ७ वटा भवन बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *