नेकपा विवाद : एक अर्कालाई कारबाही, लुम्बिनी प्रदेशको ईन्चार्जमा ज्ञवाली

कोहलपुर, पुष २१,

नेपाल कम्युनिष्ट पार्टी नेकपाकादुबै समुहले एक अर्कालाई पदीयजिम्मेवारीबाट हटाउने क्रम सुरु भएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट ओली समुहका नेताहरु पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।

गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड–नेपाल समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । यस्तै बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय पनि गरेको बैठक पछि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *