कोहलपुर टुर्नामेण्टको पहिलो दिन दुई टिम विजय हुँदै क्वार्टरफाइनल प्रवेश

कोहलपुर, पुष २०,

कोहलपुर टुर्नामेण्टको पहिलो दिन सोमबार दुई खेल भएका छन् ।

पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् । पहिलो चरणमा न्यु दर्पण यूथ क्लब र जगवार क्रिकेट क्लब तथा दोस्रो चरणमा कोहलपुर स्टिकर्स तथा कारकाँदो क्रिकेट क्लब बिच प्रतिष्पर्धा भएको थियो । पहिलो चरणको खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गरेको छ ।

पहिले ब्याटिंग गर्दै न्यु दर्पणले जगवार क्रिकेट क्लबलाई १२१ रनको टार्गेट दिएको थियो । जवाफमा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन बनायो । दोस्रो चरणको खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्याे । दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच संगम कंडेल तथा दिप राना घोषित भए । जसलाई जय सन्तोषी सु हाउसका प्रोपाइटर बिस्नु ढुंगानाले अवार्ड प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार तिन वटा खेलहरु हुने आयोजक सदस्य बिनायक गिरीले बताए । पहिलो खेलमा विहान ८ बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोश्रो खेलमा विहान ११ बजे कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेश्रो खेलमा २ बजे बिबि वारियर्स र रझेना टर्मिनेटरले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *