पार्टी आधिकारिकता विवादबारे निर्वाचन आयोगको छानबिन प्रक्रिया सुरु

कोहलपुर, पुष २०,

संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ ।

पत्रमा प्रचण्डलाई सातदिने समयसीमा दिइएको छ भने केपीओलीलाई कुनै समयसीमा नतोकी जानकारी मात्र दिइएको छ । निर्वाचन आयोगले राजनीतिकदलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । आयोगका पवक्ता राजकुमार श्रेष्ठले प्रचण्ड पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आएमात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराइएको बताए ।

उनले प्रक्रियाप्रारम्भ गर्ने सम्बन्धमा७दिनभित्रआयोगलाई जवाफदिएर सहयोग गर्न भनिएको पनि बताए । । ओलीलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको पवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *