प्रतिनिधिसभा विघटनबारे महान्यायाधिवक्ताको कार्यालयले पठायो सर्वोच्चलाई जवाफ

कोहलपुर, पुष २०,

महान्यायाधि वक्ताको कार्यालयले प्रतिनिधिसभा विघटनबारे सरकारको लिखितजवाफ सर्वोच्च अदालतमा पेस गरेको छ ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सरकारको लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयबाट आएपछि दर्ता भइसकेको बताए । प्रधानमन्त्री, प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालय र विघटित प्रतिनिधि सभाका सभामुखबाट लिखित जवाफ दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले संसद विघटन संवैधानिक भएको जवाप mदिएका छन् भने सभामुख अग्नि सापकोटाले संसद विघटन उचितनभएको लिखित जवाफ दिए । लिखितजवाफ आएपछि अब पर्सीदेखि मुद्दामाथि निरन्तर सुनुवाई हुनेछ । गतपुस १० गते प्रधानन्यायधिश सहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानुनीऔचित्य पुष्टि गर्नेवारे लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालय मार्फत पेस गर्न आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *