उच्च पहाडी क्षेत्रमा पानी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात सुरु

कोहलपुर, पुष २०,

उच्च पहाडी क्षेत्रमापानी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात सुरु भएको छ ।

सोमबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भू–भागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुमा विकसित भएको न्युन चापिय प्रणालीको प्रभावका कारण आजदेखि केहि दिनसम्म देशका धेरैजसो भू-भागहरुमा बदली, बर्षा र हिमपात हुने सम्भावना रहेको छ । आज रातीदेखि बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।

पुस २२ गते पर्सीदेखि मौसम सफा हुँदै जानेछ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न र सजग रहन चिकित्सकको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *