कोहलपुर क्रिकेट टुर्नामेन्टको सम्पूर्ण तयारी पूरा, उद्घाटनमा २ खेल हुने

बिधुत्मा रैका,
कोहलपुर, पुष १९,

बाँकेको कोहलपुरमा पहिलो पटक हुन लागेको क्रिकेट टुर्नामेन्टको सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबार पुष २० गते (भोली) देखि कोहलपुर क्रकेट मैदानमा टुर्नामेन्ट हुने भएको छ । कोहलपुर क्रिकेट टुर्नामेन्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका सदस्य बिनायक गिरीले बताएका छन् । आईतबार ग्राउण्ड पिच गर्नुका साथै मंच बनाईएको छ भने, मैदानलाई सजिसजावट पारिएको छ ।

भव्य कार्यक्रमका बिच भोली बिहान ८ बजे खेलको उद्घाटन गरिने गिरीले बताए । उद्घाटन कार्यक्रममा यस क्षेत्रका सरोकारवाला निकाय, उद्योगी व्यापारी, खेलपे्रमी, समाजसेवी, पत्रकार लगायतको उपस्थितीका लागि आयोजक टिमले आग्रह गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाउने छन् । शारदा एजुकेशन पार्कले आयोजना गर्न लागेको प्रतियोगीतामा के.सि.ए. कोहलपुर क्रिकेट एकेडेमीले सहकार्य गरेको छ ।

उद्घाटन पछि सोमबार २ वटा खेल हुने भएका छन् । पहिलो चरणमा न्यु दर्पण यूथ क्लब र जागरण क्रिकेट क्लब बिच खेल हुने आयोजक सदस्य गिरीले जानकारी दिए । यस्तै दोस्रो चरणमा कोहलपुर स्टिकर्स तथा कारकाँदो क्रिकेट क्लब बिच खेल हुने भएको छ । युवा वर्गलाई लक्षित गरि कोहलपुरमा पहिलो पटक क्रिकेट टुर्नामेन्ट गर्न लागिएको हो । कोहलपुर टुर्नामेन्ट आजसम्म भएका खेलहरु मध्य फरक रहने तथा लुम्बिनी प्रदेशकै उत्कृष्ठ रहने आयोजकले दावी गरेको छ । यस टुर्नामेन्टले यस क्षेत्रको आर्थिक, व्यापार तथा पर्यटन क्षेत्रमा सहयोग पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगीता प्रथम हुने टिमलाई ५० हजार नगद सहित ट्रफीका साथै अन्य पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी उपविजेताले २१ हजार, उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान तथा बलरले समान १५ हजार तथा प्रत्येक खेलको उत्कृष्ठ खेलाडीले १ हजार नगद पुरस्कार पाउने बताईएको छ ।नक आउटको आधारमा खेल खेलाईने पनि उनले बताए । स्थानिय स्तरमा छरिएर रहेका युवा खेलाडीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगिताले बाँके, बर्दियाका साथै लुम्बिनी प्रदेशभरका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्धत पुर्याउने गिरीको विश्वास छ ।

कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा १ हप्तासम्म संचालन हुने प्रतियोगिताकालागि ४ लाख ५० हजार खर्च हुने अनुमान गरीएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग गर्न सबैलाई आयोजक टिमले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *