कोहलपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

कोहलपुर, पुष १९,

बाँकेको कोहलपुर नगरपालिकामा–१४ हवलदारपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

शनिबार ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ च्याम्पियन स्पोर्ट क्लबले पत्रकार सम्मेलन गर्दै आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । खुल्ला भलिबल प्रतियोगितामा बाँके जिल्ला लगायत अन्य जिल्लाबाट समेत प्रतियोगितामा सहभागि हुन पाउने च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले बताए । उनले भने–‘हामीले अहिले कोरोना महामारीको लामोसमयसम्म खेलकुद क्षेत्र आइलाएको जस्तो लाग्यो । त्यसले खेलकुद क्षेत्रलाई उजागर गर्नका लागि खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको हौं ।’

प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष भलिबल टिम समेत यस प्रतियोगितामा सहभागि हुन पाउने उनको भनाई थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि समेत रहेको विष्टले बताए । यस्तै उनका अनुसार अहिले ३÷४ वटा टिमहरुले आफ्नो टिमको नामहरु टिपाइसकेका छन् भने केही टिमहरु भने सम्पर्कमा रहेका छन् । उनी भन्छन्,–‘प्रतियोगितामा १४ वटा टिमलाई सहभागि गराउने लक्ष्य राखेका छौं, बाहिर जिल्लाबाट आउने भलिबल टिमले भने आफ्नै खाना र बस्नको व्यवस्थापन गर्नुपर्ने छ ।’

ै कार्यक्रम संयोजक सुधन कुमार गुरुङ्गले पुरुष भलिबल प्रतियोगिताको लागि अनुमानित लागत २ लाख ४९ हजार ९ सय पचास गरेको बताए । मुख्य प्रायोजक बन्नका लागि २५ हजार, सहप्रयोजक बन्नका लागि १५००० र प्रायोजक बन्नका लागि ४ हजार भन्दा माथि हुनुपर्ने उनको भनाई थियो । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *