नेपाल पत्रकार महासंघ, जिल्ला शाखा बाँकेको १२ औं अधिवेशनको उद्घाटन सम्पन्न, बन्द सत्र जारी

बिधुत्मा रैका,
कोहलपुर, पुष १८,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १२ औं अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको अधिवेशनमा पत्रकार महासंघका केन्द्रिय सचिब उदय जि.एम. प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सचिब जि.एम.ले सञ्चार क्षेत्रको हित हुने गरी सञ्चार सम्वन्धी नीति, कानून निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने बताएका छन् ।

जि.एम.ले पत्रकारहरुले नागरिकको सूचनामा सहज पहुँचका लागि विशेष प्राथमिकता दिनु पर्ने बताए । स्वच्छ, मर्यादित, उत्तरदायी र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघले लिएको शुद्धीकरण अभियानलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन महासंघ कटिबद्ध रहेको उनले बताए । सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै जि.एम.ले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न जरुरी रहेको बताए । उनले सहमतीका आधारमा नेयाँ नेतृत्व चयन गर्न सुझाव दिए ।

कार्यक्रममा विषेश अतिथीको आसनबाट बोल्दै प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपाल पत्रकार महासंघ बाँकेको १२ औं अधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन् । मन्त्री पौडेलले सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारबाट हुनुपर्ने पहलहरुवारे कुरा गर्ने बताईन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका अध्यक्ष लुट बहादुर रावतले मिडियाको संरक्षण, प्रवद्र्धन तथा विशेष सेवा सुविधाका लागि नगरपालिका सधै तयार रहेको बताएका छन् । उनले पित पत्रिकारिता नभई स्वस्थ्व र सन्तुलित पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोभिड १९ का कारण जिल्लामा सिर्जित समस्या समाधान लगायतका विषयमा पत्रकारहरुले धेरै सहयोग गरेको उल्लेख गरे । प्रजिअ कुरुम्वाङले आगामी दिनमा सहकार्य गरेर आफू अघि बढ्ने दृढता व्यक्त गरे । कार्यक्रममा यस क्षेत्रका विभिन्न संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो । अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएको छ । अहिले बन्द सत्र जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *