प्रतिनिधिसभा विघटन गरिएकोमा राष्ट्रियसभाका सांसद चिन्तित

कोहलपुर, पुष १८,

राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा भाग लिँदै सांसदहरूले प्रतिनिधिसभा विघटन भएकोमा चिन्ता व्यक्तगरेका छन् ।

प्रधानमन्त्री केपी ओली शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभाको बैठक हिजोबाट सुरु भएको हो । हिजो बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए ।

बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए । दलका नेताहरुले बैठकमा प्रतिनिधिसभा बिघटन भएकोमा दुःख व्यक्त गरेका छन् । ६ महिनापछि सुरु भएको राष्ट्रियसभाको वैठकमा सांसदहरुले प्रतिनिधीसभा विघटनको विषय उठाउँदै वर्तमान सरकारको ओलचना गरे । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *