गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि थप्ने तयारी

कोहलपुर, पुष १८,

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चौथोपटक थपिएको अवधि सकिएपछि फेरि थप्ने तयारी भएको छ ।

म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा चौथोपटक थपिएको अवधिमा पनि विमानस्थल पूरा हुन नसकेको हो ।

चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको समयावधि पाएको थियो । तर निर्माण सम्पन्न नहुने देखेपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । चौथोपटकको म्याद सकिए पनि निर्माणस्थलको काम भने निरन्तर अगाडि बढेको छ ।

विमानस्थलको आईसीपी १ को शिलान्यास २०१५ जनवरीमा भएको थियो । २०१८ जुन ८ मा सक्नेगरी सम्झौता भए पनि विभिन्न कारणले आयोजनाको म्याद थपिँदै गएको छ । विमानस्थलको हालसम्मको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *