प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

कोहलपुर, पुष १७,

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने भएको छ ।

काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिता माघको तीन गतेबाट गर्ने योजनामा क्यान रहेको छ । यो प्रतियोगिताको मिती केहि दिनमा नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गर्नेछ ।यसअघि पुषको ११ गतेबाट हने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकै साथ भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन साताका लागि सारेको थियो ।राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागिए सहित १० टिमका सहभागिता रहनेछ ।

यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उपविजेताले कति रकम पाउछन् भन्ने क्यानले खुलाएको छैन ।प्रतियोगिताका लागि क्यानले प्रायोजन खोज्ने कामपनि तिब्ररुपमा अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *