प्रदेश १ मा नेकपा विवादःदुबै पक्षले एक अर्कालाई कारबाही गर्न थाल्यो

कोहलपुर, पुष १७,

नेकपाको शीर्ष तहमा देखिएको विवादकाकारण प्रदेश १ माओलीपक्ष र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कारबाही गरेको छ ।

ओली–नेपालपक्षले बिहीबार मुख्य मन्त्री शेरधन राईलाई संसदीयदलको नेताबाट हटाएर सांसद भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राइले सरकार सञ्चालन राम्रोसँग नगरेका कारण उनलाई हटाइएको सांसद राजेन्द्र कुमार राइले जानकारी दिए ।

यसअघि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीराई विरुद्ध अविश्वासको प्रस्तावदर्ता गरेको थियो । हिजै मुख्य मन्त्री शेरधन राईले १५ जना सांसदलाई ३ महिनाका लागि निलम्बन गरेका छन् । आफूविरुद्धको अविश्वास प्रस्तावमाथाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई निलम्बन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *