प्रतिनिधिसभाले संसद विघटनको विषयमा सर्वोच्चलाई पत्र पठाउने
कोहलपुर, पुष १७,
संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी अधिकार नदिएको भन्दै सङ्घीय संसद्ले सर्वोच्च अदालतलाई चिठी पठाउने भएको छ ।
संघीय संसदलाई पनिविपक्षीबनाएर केही रिट परेपछि सर्वोच्च अदातले प्रतिनिधिसभासँग पनि जवाफ मागेको थियो । बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध ध्यानाकर्षण गराउन पुगेका विभिन्न महिला संघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख अग्नी सापकोटाले अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी भएको बताए ।
अहिले सभामुखको जिम्मेवारीको हिसाबले संविधानको रक्षा र समग्र परिस्थितिमा देश र जनताको अधिकतमहितकापक्षमाआफूले कसरी भूमिका खेल्नुपर्छ भनी सबै सम्बद्ध पक्षसँग परामर्श गरिरहेको उहाँले बताए ।