राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै

कोहलपुर, पुष १७,

राष्ट्रिय सभाको अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागिअधिवेशन आह्वान गरेकी छन् । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको अधिवेशनको कार्यसूची तय गरेको थियो । राष्ट्रिय सभा बैठकमा थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय भएको छ।अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उद्दघाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *