नेकपा कोहलपुर नगर कमिटि अध्यक्षमा भुसाल, सचिबको जिम्मेवारी खत्रीलाई

कोहलपुर, पुष १६,

नेकपाका नेता खिल प्रसाद भुसालले कोहलपुर नगर कमिटिको अध्यक्षको जिम्मेवारी पाएका छन् ।

विभिन्न राजनीतिक झमेलाका बिचमा नेकपा नेता भुसालले अध्यक्षको जिम्मेवारी पाएका छन् । भने नेकपाका अर्का नेता रेशम बहादुर खत्रीले सचिबको जिम्मेवारी पाएका छन् । बिहीबार नेकपाको एक कार्यक्रमका बिच उनीहरुलाई अध्यक्ष तथा सचिबको जिम्मेवारी दिईएको हो ।

अध्यक्षको जिम्मेवारी पाएका भुसालले राजनीतिक क्षेत्रमा विरोध, बाधा अड्चन आईनै रहने बताएका छन् । चित्त नबुझेको कुरामा जनताले विरोध गर्न पाउने अधिकार भएको भन्दै उनले आफूहरु नीतिगत तथा संस्थागत कुरामा जाने बताए । पार्टीभित्र रहेका असन्तुष्ट पक्षहरुलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । पार्टीको निर्देशनअनुसार असन्तुष्ट सबैलाई मिलाउन सक्रिय हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *